
काठमाडौं, १० जेठ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गरिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर हुन लागेको रिट निवेदनमा एमालेका २३ जना सांसदले हस्ताक्षर गरेका छन् ।
परमादेशमार्फत देउवालाई प्रधानमन्त्रीको सपथका लागि बाटो खोल्नुपर्ने मागसहितको रिटमा माधव पक्षका विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, माधव नेपाल, भीम रावल, कलिला खातुन, रामकुमारी झाँक्री, झलनाथ खनाल, पुष्पा कर्ण कायस्थ, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, पवित्रा निरौला, मुकुन्द न्यौपाने, मेटमणि चौधरी, दिपक प्रकाश भट्ट र नारायण खतिवडा छन् ।
यद्यपि, माधव नेपाल पक्षका प्रभावशाली नेता योगेश भट्टराई र गोकर्ण विष्टले भने रिटमा हस्ताक्षर गरेका छैनन् ।















प्रतिक्रिया