
दमौली, १० जेठ । व्यास नगरपालिका वडा नं १३ र १४ मा अवस्थित वडा स्वास्थ्य चौकीलाई कोभिड–१९ आपतकालीन स्वास्थ्य समग्री हस्तान्तरण गरिएको छ ।
एसओएस बालग्राम नेपाल गण्डकीद्वारा सञ्चालित समुदायमा आधारित परिवार सवलीकरण कार्यक्रमअन्र्तगत आपतकालीन स्वास्थ्य समग्री हस्तान्तरण गरिएको हो । एसओएस बालग्रामका कार्यक्रम अधिकृत सञ्जय अर्याल, इन्टर्नशीप किरण गाहा मगर र परियोजना संयोजक अमृत पन्थीले वडा नं १३ का वडाध्यक्ष लेखबहादुर राना र स्वास्थ्य चौकीका हेल्थ इञ्चार्ज सागर तिवारीलाई उक्त सामग्री हस्तान्तरण गरेका छन् ।
अक्सिजनसहितको सिलिण्डर १ थान, अक्सिमिटर २ थान, थर्मल गन २ थान, पीपीई किट सेट ५ थान, फेस सिल्ड २० थान, नेवुलाईजर २ थान, हेण्ड मेटल स्टयाण्ड १ थान, ग्लोव्स ५०० थान, सर्जिकल मास्क १ हजार १००० पिस, रिसेवल मास्क १०० थान, सेनिटाइजर २० लिटर, फिनेल २० लिटर, सावुन २ हजार ५० पिस लगायत समग्री हस्तान्तरण गरिएको एसओएस बालग्रामका कार्यक्रम अधिकृत सञ्जय अर्याल जानकारी दिएका छन् ।
यसैगरि वडा नं १४ मा रहेको केशवटार स्वास्थ्य चौकीमा बालग्रामका परियोजना संयोजक अमृत पन्थी, परियोजना लेखापाल भरत पौडेल, सामुदायिक परिचालक विमला आले र सोनम थापाले उक्त वडाका अध्यक्ष काजीमान श्रेष्ठ, नगर कार्यकारिणी सदस्य नरिमाया राना, वडासदस्यहरू मोहन कुमार थापा, रिकेश थापा, सीता सुनार र अहेव पीपु पंकज यादवलाई संयुक्त रूपमा स्वास्थ्य समग्री हस्तान्तरण गरेका छन् ।

उक्त स्वास्थ्यचौकीका लागि अक्सिजन सहितको सिलिन्डर १ थान, अक्सिमिटर २ थान, थर्मल गन २ थान, पीपीई किट सेट ५ थान, फेस सिल्ड २० थान, नेवुलाइजर २ थान, हेण्ड मेटल स्टयाण्ड १ थान, ग्लोव्स ५०० थान, सर्जिकल मास्क ८ हजार पिस, रिसेवल मास्क १०० थान, सेनिटाइजर २० लिटर, फिनेल २० लिटर, सावुन १ हजार ४५० पिस लगायत समग्री हस्तान्तरण गरिएको हो ।
स्वास्थ्य समग्री हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष काजीमान श्रेष्ठले स्वास्थ्य संकट र महामरीको समयमा बालग्रामबाट समुदायका लागि गरिएको कार्य अत्यन्तै सराहनीय भएको बताए । यसैगरी अहेव पीपु पंकज यादवले स्वास्थ्य समग्रीको अभावमा बालग्रामले गरेको सहयोगले ठूलो राहत मिलेको बताएका छन् ।
यसैगरि एसओएस बालग्रामका परियोजना संयोजक अमृत पन्थीले संस्थाले बालवालिकाका लागि मात्र नभई सङ्कटको बेलामा समुदायमा आधारित कार्यक्रम समेत गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले जनप्रतिनिधिको समन्वयात्मक भुमिकाका लागि धन्यवाद प्रकट गरेका छन् ।















प्रतिक्रिया