७ कार्तिक २०८३, शनिबार

प्रहरीद्वारा एकै दिन २३३ वटा अक्सिजन सिलिन्डर सङ्कलन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट आइतबार २३३ वटा अक्सिजन सिलिन्डर सङ्कलन गरेको छ ।

सङ्कलित सिलिन्डरमध्ये २०४ वटा भरिएका र २९ वटा खाली सिलिन्डर छन् । सङ्कलन गरिएका २३३ वटा र यसअघिको स्टक रहेका ९५ वटा गरी जम्मा ३२८ वटा सिलिन्डरमध्ये आइतबार ३२६ वटा सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको र २ वटा अक्सिजन सिलिन्डरहरु स्टक रहेको प्रहरीले बताएको छ ।

आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर सङ्कलन गरी उपलब्ध गराइएको हो ।

नेपाल प्रहरीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म जम्मा १० हजार २६ वटा सिलिन्डर सङ्कलन गरी कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको बताएको छ ।

यस विषम परिस्थितिमा अन्य प्रयोजनका लागि स्टक नगर्न तथा विभिन्न कम्पनी, संघसंस्था तथा व्यक्तिहरूसँग आवश्यकता भन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डरहरू उपलब्ध गराई सहयोग गर्न नेपाल प्रहरीले अनुरोध समेत गरेको छ ।