७ कार्तिक २०८३, शनिबार

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिँदै, अझै कडाई गर्ने तयारी

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । कोरोना भाइरस महामारी रोकथाम तथा न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अझै उक साता थप गर्ने तयारी भइरहेको छ ।

भाइरस संक्रमणदर नघटेको भन्दै तत्कालका लागि थप एक साता निषेधाज्ञा जारी राख्ने मनस्थितिमा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु पुगेका छन् । भोलि मंगलबार बस्ने उपत्यकास्थित तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गर्ने बताइएको छ ।

साथै, थप आदेशहरु जारी गर्ने तयारीमा जिल्ला प्रशासनहरु छन् । हाल जारी निषेधाज्ञाको समय आगामी १३ गते मध्यरातको १२ बजेदेखि समाप्त हुँदै छ ।