७ कार्तिक २०८३, शनिबार

काठमाडौं उपत्यकामा २,०८५ जना संक्रमितको मृत्यु, कति छन् सक्रिय संक्रमित ?

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । कोरोना भाइरसको संक्रमणबाट हालसम्म काठमाडौं उपत्यकामा २ हजार ८५ जना संक्रमितले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार हिजो आइतबारसम्म काठमाडौंमा १ हजार ४२९ जना, भक्तपुरमा २७९ जना र ललितपुरमा ३७७ जनाले ज्यान गुमाएका छन् । पछिल्लो विवरणअनुसार नेपालभर कुल मृतकको संख्या ६ हजार ३४६ जना पुगेको छ ।

त्यस्तै पछिल्लो विवरण अनुसार काठमाडौं उपत्यकाभित्र मात्रै २९ हजार ५२५ जना सक्रिय संक्रमित छन् । त्यसमध्ये काठमाडौंमा १७ हजार ८७९ जना, भक्तपुरमा ४ हजार ८०१ जना र ललितपुरमा ६ हजार ८४५ जना छन् । मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ जना छ ।

त्यस्तै हालसम्म काठमाडौं उपत्यमा १ लाख ९४ हजार ७५० जना संक्रमित संक्रमणमुक्त भएका छन् । त्यसमध्ये काठमाडौंमा १ लाख ५८ हजार १७ जना, भक्तपुरमा १३ हजार २७८ जना र ललितपुरमा २३ हजार ४५५ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म काठमाडौंमा १ लाख ७७ हजार ३२५ जना, भक्तपुरमा १८ हजार ३५८ जना र ललितपुरमा ३० हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।