७ कार्तिक २०८३, शनिबार

विद्वानहरूलाई कमल थापाको प्रश्न : धारा ७६(५) ले दलीय अनुशासन तोड्ने अनुमति दिएको हो ?

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले संविधानको धारा ७६(५) ले दलीय अनुशासन तोड्ने अनुमति दिएको हो भन्दै विद्वानहरूलाई प्रश्न गरेका छन् ।

थापाले आज आइतबार ट्विट गर्दै लेखेका छन्, ‘के संविधानको धारा ७६(५) ले सांसदहरूलाई निदर्लीय बन्न छूट दिएको हो ? दलीय अनुशासनविपरीत जाने स्वतन्त्रता दिएको हो ?’

क्षणिक स्वार्थले दलमा घात पुग्ने भन्दै उनी लेख्छन्, ‘यदि यो मान्यता स्वीकार गर्ने हो भने दल फुटाउने र सांसद किनबेच गर्ने काम वैधानिक हुन्छ । कुनै दल सुरक्षित रहन्न । क्षणिक स्वार्थ मात्र नहेरौँ ।’