
काठमाडौं, ९ जेठ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले केही साताभित्र नेपालसहितका दक्षिण पूर्वी एशियाली मुलुकहरुमा कोभिड–१९ सम्बन्धी उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री पठाउने बताएको छ ।
नेपाल, भुटान, माल्दिभ्स र श्रीलंकालगायत मुलुकमा संयुक्त रुपमा आवश्यक स्वास्थ्य सामग्री पठाइने डब्ल्यूएचओले जानकारी दिएको छ ।
डब्ल्यूएचओले दक्षिण–पूर्वी एसियाली मुलुकहरुलाई अक्सिजन कन्सन्ट्रेटर, टेस्टिङ किट्स, अस्पतालको बेड, टेन्ट र पीपीईहरुसहित ३४० मेट्रिक टनभन्दा धेरै स्वास्थ्य सामग्री प्रदान गरिसकेको जनाएको छ ।
पछिल्लोपटक डब्ल्यूएचओले भारत र बंगलादेशमा त्यस प्रकारको स्वास्थ्य सामग्रीहरु सप्लाई गरिरहेको पनि बताएको छ ।















प्रतिक्रिया