७ कार्तिक २०८३, शनिबार

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । साताको पहिलो कारोबार दिन आज आइतबार सुनको मूल्यमा ३०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार ३०० रुपैयाँले बढेर ९३ हजार ६०० रुपैयाँ पुगेको हो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको छ । तर, आज चाँदीको मूल्यमा भने प्रतितोला ५ रुपैयाँले कमी आएको छ । आज चाँदी प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ ।