
प्यूठान, ९ जेठ । प्यूठानमा गएराति घर भत्किँदा एकै घरका तीन जनाको मृत्यु भएको छ ।
नौबहिनी गाउँपालिका–१ स्याउलिबाङ चौतारामा शनिबार राति घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ । मृत्यु हुनेमा ४० वर्षीय वोमबहादुर मल्ल, उनकी ३३ वर्षीया श्रीमती गमी मल्ल र ३ बर्षीय छोरा शिशिर मल्ल रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।
उनका अनुसार अन्य ४ जना छोरीहरु भने अर्काे कोठामा सुतेकाका कारण बाँच्न सफल भएका छन् । खरको छाना हटाएर जस्तापाता लगाउन तयार पारिएको घर शनिबार राति भत्किएर सो घटना भएको हो ।















प्रतिक्रिया