७ कार्तिक २०८३, शनिबार

प्रतिनिधिसभा विघटन हुनुमा सबै दल उत्तिकै जिम्मेवार छन् : नयाँ शक्ति

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घोषणा भएसँगै नयाँ शक्ति पार्टीले प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्ने धारणा सार्वजनिक गरेको छ ।

आज शनिबार प्रेस वक्तव्य जारी गर्दै सो पार्टीले संविधान पुनः लेखनको माग समेत गरेको छ । प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा नेपालको लोकतान्त्रिक राज्यव्यवस्थालाई समाप्त पार्ने खेल भएको भन्दै उसले निर्वाचनको विरोध पनि जनाएको छ ।

प्रतिनिधिसभा विघटन हुनुमा संससदमा प्रतिनिधित्व गर्ने सबै दलहरू जिम्मेवार रहेको नयाँ शक्तिको ठहर छ । ‘मुख्य राजनीतिक नेतृत्वको अदुरदर्शीताका कारण प्रतिनिधिसभाको विघटन हुन पुगेको हो,’ वक्तव्यमा भनिएको छ ।

नयाँ शक्तिले संविधानलाई पुनः लेखन गर्न सर्वदलीय संयन्त्र निर्माण गरेर मुख्यतः शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसदीय प्रणाली, भ्रष्टाचार नियन्त्रण गर्न शक्तिशाली लोकपल गठन र प्रदेश शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री प्रणाली समावेश गर्न आग्रह गरेको छ ।