७ कार्तिक २०८३, शनिबार

गोकुल बास्कोटा भन्छन्– अब माधव–प्रचण्डलाई जनताले कोल्याप्स हान्दिए भने सकियो

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले अब माधव–प्रचण्डलाई जनताले कोल्याप्स हान्दिएपछि सकिने बताएका छन् ।

प्रधानमन्त्री र राष्ट्रपतिको पछिल्लो कदमपछि जनताले चुनेको सरकारलाई पटक–पटक अप्राकृतिक समीकरणदेखि समीकरणसम्मको गोलचक्करमा रिङ्गाउने षडयन्त्र समाप्त भएको बताउँदै उनले सो कुरा बताएका हुन् ।

उनले अब इच्छा अनुसारको समीकरण बनाएर चुनावी मैदानमा उत्रन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव नेपाललाई आग्रह गरेका छन् । जनताले साथ दिए चौकादाउ हान्न र जनताले कोल्याप्स हान्दिए भने गुनासो नगर्न पनि उनले आग्रह गरेका छन् ।

शनिबार बिहान उनले ट्विटरमा लेखेका छन्, ‘अब माधव–प्रचण्डले कुण्ठित इच्छा अनुरुपको समीकरण बनाउनु र जनताले साथ दिएमा चौकादाउ हान्नु, जनताले कोल्याप्स हान्दिए भने सक्यो, गुनासोको काम छैन । विधि, पद्दति लगेर कर्णालीमा सेलाउनु ।’