
काठमाडौं, ८ जेठ । कोरोना भाइरस संक्रमणको दोस्रो लहरसँग जुधिरहेको नेपालका लागि स्वीट्जरल्याण्ड सरकारले सहयोगस्वरुप पठाएको अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।
स्वीस सरकारका तर्फबाट प्रदान गरिएको स्वास्थ्य सामग्री शनिबार बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । उक्त स्वास्थ्य सामग्री स्वीस प्रतिनिधिले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेको छ ।















प्रतिक्रिया