७ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ वैशाख – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।

आज शनिबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा विघटन तथा निर्वाचन घोषणा भइसकेको अवस्थामा पार्टीको रणनीति र यसबीचमा माधव नेपाल पक्षले कांग्रेस नेतृत्वमा सरकार गठन गर्न चालेका कदम तथा राष्ट्रियसभा उपनिर्वाचनमा एमाले उम्मेदवार हराउन भूमिका खेलेको विषय बैठकको एजेण्डा रहेको बताइएको छ ।