
काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसले प्रधामन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन र निर्वाचनको मिति घोषणाविरुद्ध कानूनी र राजनीतिक लडाईँमा जाने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवा निवासमा शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले विघटनविरुद्ध अदालतको ढोका ढकढक्याउने तथा राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको हो ।
सरकारका लागि दाबी प्रस्तुत गर्दा गर्दै सरकार गठनको आधार नदेखिएको भन्दै संसद नै भंग गर्नु असंवैधानिक रहेको ठहर कांग्रेसको छ ।
थप रणनीतिबारे छलफल गर्न विपक्षी दलसहितको बैठक बस्ने तयारी छ ।















प्रतिक्रिया