
काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छलेर सरकार गठन गर्न आफूले नचाहेको स्पष्ट पारेका छन् ।
आफूले संसदमा विश्वासको मत लिँदा हार्ने स्पष्ट भएसँगै संविधानको धारा ७६ (५) को व्यवस्थाबमोजिम सरकार गठन गर्न मार्गप्रशस्त गरेको स्पष्ट पार्दै ओलीले सरकार कब्जा गर्ने कुनै मनसाय नभएको बताएका हुन् ।
आज शुक्रबार बालुवाटारमा सम्पादकहरुसँगको अन्तक्रियामा बोल्दै उनले बजेटको चाप र विश्वासको मत नपाउने भएर नयाँ सरकार गठन गर्न आह्रवान गरेको स्पष्ट पारेका छन् ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्धमा आएका विभिन्न आलोचनात्मक अभिव्यक्तिहरुले गणतन्त्रलाई खतरामा पार्ने बताएका छन् ।
संविधानप्रति उत्तरदायी राष्ट्रपति संस्था नै खतरामा पार्ने गरी टिप्पणीहरु भएको भन्दै ओलीले सरकारद्वारा सिफारिस भएका विषयहरु स्वीकृत गर्नुपर्ने दायित्व पूरा गर्दा राष्ट्रपति कसरी संविधानविरोधी हुन सक्छ भनेर प्रश्न गर्दै ओलीले भनेका छन्, ‘सरकारले गरेका कामकारबाहीबारे प्रधानमन्त्रीको हैसियतमा म जिम्मेवार र जवाफदेही छु, तर राष्ट्रपति संस्थालाई गाली गरेको सोभनीय हुँदैन ।’















प्रतिक्रिया