७ कार्तिक २०८३, शनिबार

राष्ट्रपतिविरुद्धका अभिव्यक्तिहरु गणतन्त्रविरोधी हुन् : प्रधानमन्त्री ओली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्धमा आएका विभिन्न आलोचनात्मक अभिव्यक्तिहरुले गणतन्त्रलाई खतरामा पार्ने बताएका छन् ।

संविधानप्रति उत्तरदायी राष्ट्रपति संस्था नै खतरामा पार्ने गरी टिप्पणीहरु भएको भन्दै ओलीले सरकारद्वारा सिफारिस भएका विषयहरु स्वीकृत गर्नुपर्ने दायित्व पूरा गर्दा राष्ट्रपति कसरी संविधानविरोधी हुन सक्छ भनेर प्रश्न गर्दै ओलीले भनेका छन्, ‘सरकारले गरेका कामकारबाहीबारे प्रधानमन्त्रीको हैसियतमा म जिम्मेवार र जवाफदेही छु, तर राष्ट्रपति संस्थालाई गाली गरेको सोभनीय हुँदैन ।’