७ कार्तिक २०८३, शनिबार

आफू सत्तामा पुग्नका लागि एक वर्षदेखि सरकार परिवर्तन गर्न खोजिँदै आएको छ : प्रधानमन्त्री

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफू नेतृत्वको सरकारविरुद्ध विगत एक वर्षदेखि विभिन्न षडयन्त्रहरु हुँदै आएको बताएका छन् ।

शुक्रबार सम्पादकहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले आफू सत्तामा पुग्नकै लागि अरु सबै जटिल काम छोडेर सत्ता परिवर्तनको खेल मात्रै खेलेको अन्य दलहरुलाई आरोप लगाएका छन् ।

सरकार परवर्तनको कुनै उचित कारविनै सरकारको काममा समेत वाधा पुग्नेगरी यस्ता गतिविधि भइरहेकाले वैकल्पिक सरकार गठनका लागि आफूले मार्गप्रशस्त गरेको समेत स्पष्ट पारेका छन् ।