७ कार्तिक २०८३, शनिबार

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा नगदसहित तीन जना पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, ७ जेठ । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई बिहीबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका–१३ बस्ने २५ वर्षीय श्रवण साह, रंगेली नगरपालिका–१ बवियाविर्ता बस्ने २५ वर्षीया जिज्ञासा चौधरी र विराटनगर महानगरपालिका–१३ झमेली चोक बस्ने ३३ वर्षीय अमृत कुमार साह सुडी रहेका छन् ।

विराटनगर महानगरपालिका–११ रोडशेष चोकमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा श्रवणको साथबाट २१ लाख ७१ हजार ५०० नेपाली रुपैयाँ, ५ थान विभिन्न बैंकका चेक र १ थान न्यू लाईफ सेभिङ एण्ड क्रेडिटको चेक तथा जिज्ञासाको साथबाट २३ हजार भारतीय रुपैयाँसहित फेला पारी पक्राउ गरेको प्रहरीले बताएको छ ।

थप अनुसन्धान गर्ने क्रममा सोही कार्यमा संलग्न अमृत समेत रहेको खुल्न आएपछि प्रहरीले अमृतलाई उनकै घरबाट पक्राउ गरेको हो । अमृतको साथबाट २ थान मोबाइल, नगद भौचर र डिपोजिट रसिद समेत प्रहरीले बरामद गरेको छ ।

२०७७ चैत्र महिनादेखि हुण्डी कारोबार ह्वााट्स एपमार्फत विभिन्न बैंकको खाता नम्बरमा रकम जम्मा गर्ने र सोको विवरण समेत ह्वारट्स एपमार्फत पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।