७ कार्तिक २०८३, शनिबार

भारतमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घटे पनि मृत्युको अवस्था उस्तै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । भारतमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दैनिक रुपमा घटिरहेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५९ हजार ५९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो संख्या अघिल्लो दिनको तुलनामा १६ हजार ६७० जनाले कम भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अघिल्लो दिन पनि सङ्क्रमण पुष्टि हुनेको दैनिक सङ्ख्या घटेको थियो । एकैदिनमा ४ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुन थालेको भारतमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घटिरहेको छ ।

तर, मृत्यु हुनेको सङ्ख्या भने उस्तै छ । गएको २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणबाट ४ हजार २०९ जनाले ज्यान गुमाएका छन् । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा ३२९ जनाले बढी हो ।

भारतमा अहिलेसम्म दुई करोड ६० लाख ३१ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई लाख ९१ हजार ३६५ जनाको ज्यान गएको छ । दुई करोड २७ लाख १२ हजारभन्दा धेरै निको भएका छन् ।