७ कार्तिक २०८३, शनिबार

धारा ७६(५)बमोजिम सरकार गठनको आह्वान संविधानविपरीत भन्दै कांग्रेसले गर्‍यो यस्तो निर्णय

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानको रक्षा र राष्ट्रपतिको कदम असफल बनाउन सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रपतिको कदम रोक्न दलहरूसँग छलफल गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको राजीनामा अगावै संविधानको धारा ७६ को उपधारा (५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गर्नु संविधानविपरीत भएको निष्कर्ष कांग्रेसले निकालेको छ ।

यद्यपि, बैठकले वर्तमान सरकारको विकल्प खोज्न सबै विकल्प खुला राखेर दलहरूसँग छलफल गर्ने निर्णय कांग्रेसले गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संविधानको धारा ७६ (५) को सरकार गठनको आह्वान गरेकी थिइन् ।