
काठमाडौं, ७ जेठ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा देशभर मौसम बदली रहँदै धेरै स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ ।
हाल मौसममा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको र भारतको उत्तरप्रदेश आसपासमा रहेको चक्रवात ताउ–ते थप कमजोर भई न्यूनचापीय क्षेत्रका रुपमा रहेकाले यस्तो सम्भावना रहेको महशाखाले जनाएको छ ।
महाशाखाले शुक्रबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, वाग्मती प्रदेश र प्रदेश न १ का केही स्थानहरु र लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश न २ का थोरै स्थानहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
यस्तै सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, प्रदेश न २ र प्रदेश न १ का केही स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ । यस्तै राति प्रदेश १ र प्रदेश २ लगायत देशका बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य भूभागमा सामान्यतय सफा रहनेछ ।
प्रदेश १ र प्रदेश २ लगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जनहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।















प्रतिक्रिया