७ कार्तिक २०८३, शनिबार

सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । नेपाली बजारमा आज शुक्रबारमा सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४०० रुपैयाँले घटेको हो । यससँगै आज छापावाल सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा र तेजावी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।