
काठमाडौं, ७ जेठ । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लौरो उभ्याएर भए पनि वैकल्पिक सरकार दिनुपर्नेमा जोड दिएका छन् ।
संसद, संविधान र लोकतन्त्रको रक्षाका लागि पनि वैकल्पिक सरकारको आवश्यकता औंल्याउँदै भट्टराईले दलहरूलाई यो अवसर नगुमाउन आग्रह गरेका छन् ।
‘सबैले त्याग, बलिदान गरौं । लौरो उभ्याएर भए पनि ७६ (५) को वैकल्पिक सरकार दिउँ । आजै गरौं, अहिल्यैं गरौं,’ भट्टराईले भनेका छन्, ‘वीपी कोइराला पुष्पलालदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान र लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्ने छ ।’
उनको पार्टी जसपाकै महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका बेला डा. भट्टराईले यस्तो सुझाव दिएका हुन् ।















प्रतिक्रिया