
काठमाडौं, ६ जेठ । क्लासिक टेकले संस्थागत सामाजिक भूमिका निभाउँदै नगरस्तरीय आइसोलेशनका निम्ति निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ ।
हालको विषम परिस्थिति तथा कोरोना भाइरस महामारीविरुद्ध लड्न चन्द्रागिरि नगरपालिकाको वडा नं. ८ मा निर्मित आइसोलेशन केन्द्रका लागि सामाजिक अभियन्ता उत्तम कार्की तथा चन्द्रागिरि–८ का वडा अध्यक्ष सन्तोस खड्काको अभियानमा साथ दिन तथा सहयोगको रुपमा क्लासिकटेक प्रालिले प्रशासनिक, बिरामी तथा परिवारजनको निम्ति निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको हो ।
नगर स्तरीय आइसोलेशन वडा नम्बर ८ मातातीर्थमा अवस्थित नवनिर्मित सामुदायिक अस्पताल भवनमा हाल ३० बेडको अक्सिजनसहित सेवा प्रवाह गरिएको छ । सो स्थानमा कोरोना संक्रमितहरुको सुबिधाका लागि क्लासिक टेकले निरन्तर इन्टरनेट सेवा उपलब्ध गराएको हो ।
सो आइसोलेसन केन्द्रका लागि कम्पनीले कर्पोरेट तहको उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराएको छ जहाँ एकैपटकमा १०० जना सम्मले सजिलै इन्टरनेट सेवा उपयोग गर्न सक्ने छन् ।
आइसोलेशनमा रहेका संक्रमितहरुलाई घर परिवारसँग अनलाइनमा कुराकानी गर्न अवसर मिल्ने र कुरुवाहरुलाई समेत सहज बनाउने उद्देश्यले क्लासिक टेकले आइसोलेशन केन्द्रमा इन्टरनेट जडान गरेको हो ।
सो केन्द्रमा कार्यरत डाक्टर, नर्स र सम्पूर्ण कर्मचारीहरुले क्लासिक टेकले निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएसँगै काम गर्न सहजता भएको र संक्रमितहरुलाई समय बिताउन सजिलो भएको बताएका छन् ।















प्रतिक्रिया