३ कार्तिक २०८३, मंगलबार

बागलुङ हिँडेका एमाले महासचिव बाटोबाटै फर्किए, यसरी गरिँदैछ ढकालको अन्त्येष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramnath-Dhakal-Death

काठमाडौँ, २२ चैत । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं लुम्बिनी इन्चार्ज रामनाथ ढकालको निधनपछि एमाले पंक्ति शोकमा डुबेको छ ।

एमालेका नेता तथा कार्यकर्ताको यतिबेला ग्राण्डी अस्पतालमा भीड लागेको छ । पार्टीका विभिन्न नेताहरु पनि यतिबेला ग्राण्डी अस्पताल पुगेका छन् ।

यता, संविधानसभाको उपनिर्वाचनका लागि बागलुङको सभालाई सम्बोधन गर्न चितवनबाट बागलुङ जाँदै गरेका नेकपा एमालेका महासचिव ईश्वर पोखरेल पोखराबाटै काठमाडौँ फर्किनुभएको छ ।

एमाले महासचिव पोखरेलका अनुसार, ढकालको पार्थिब शरीर श्रद्धान्जलीका लागि सोमबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालय बल्खुमा राखिने भएको छ । उहाँको सोमबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने एमालेले जनाएको छ ।
यो पनि पढ्नुस्:
BREAKING NEWS : एमाले नेता रामनाथ ढकालको निधन