३ कार्तिक २०८३, मंगलबार

कञ्चनपुरका सत्तरी प्रतिशतले चर्पीको प्रयोग गर्छन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

toilet-used– शेरबहादुर सिंह

भीमदत्तनगर, २२ चैत । कञ्चनपुरका ५८ हजार ३३१ घरधुरीले चर्पीको व्यवस्था गरेका छन् । कुल ८३ हजार ३३० घरधुरी रहेको कञ्चनपुरमा ५८ हजार ३३१ घरधुरीलेमात्रै चर्पीको व्यवस्था गरेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका शाखा अधिकृत गौराजबहादुर लिम्बूले जानकारी दिनुभयो ।

सन् २०१५ भित्र जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न लिएको लक्ष्यअनुरुप अहिले दु्रत गतिमा काम भइरहेको उहाँले बताउनुभयो । ७० प्रतिशतले चर्पीको व्यवस्था गरिसकेका छन् । शाखा अधिकृत लिम्बूले भन्नुभयो, “विसं २०१५ भित्रै हामी लक्ष्य पूरा गर्नेमा विश्वस्त छौँ ।”

जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न रणनीतिक कार्यक्रमअन्तर्गत सरसफाइ प्रवद्र्धन विविध ढङ्गबाट भइरहेको बताइएको छ । खुला दिसामुक्त जिल्ला घोषणा गर्न राजनीतिक दल, नागरिक समाज र सरकारी तथा गैरसरकारी निकायले दुईपटक प्रतिबद्धता व्यक्त गरिसकेको लिम्बूले जानकारी दिनुभयो ।

जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणापूर्व अहिले गाविस र नगरपालिकालाई खुला दिसामुक्त बनाउन विभिन्न निकायलाई जिम्मेवारी दिइएको छ । जसअनुसार दुई वटा गाविस रेडक्रस सोसाइटी, पाँच गाविस र दुई नगरपालिका सेवक नेपाललाई र बाँकी जिल्ला विकास समितिको अगुवाइमा सरकारी निकायले खुला दिसामुक्त बनाउने जिम्मा पाएका छन् ।

“घरघरमा चर्पी बनाउन प्रेरित गर्न प्रहरी चौकीदेखि स्वास्थ्य संस्थासम्मलाई आग्रह गर्न निर्देशन दिइएको छ”, उहाँले भन्नुभयो, “पहिले चर्पी २५ प्रतिशतलेमात्रै प्रयोग गर्थे, अहिले त्यो ७० प्रतिशत पुगेको छ ।”

हालसम्म दोधारा–चाँदनी नगरपालिका र तत्कालीन लक्ष्मीपुर खुला दिसामुक्त भइसकेका छन् भने अबको एक महिनाभित्र सुडा, रैकवार विचुवा र पुनर्वास नगरपालिका खुला दिसामुक्त भइसक्ने लिम्बूले बताउनुभयो । रासस