
काठमाडौं, ४ जेठ । विभाजनको मुखमा पुगेको जनता समाजवादी पार्टी (जसपा)को दुई धारबीच सहमति जुटेको छ ।
अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच तत्काल सरकारमा नजाने, तर राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा नयाँ सरकार बन्ने अवस्थामा सरकार गठनमा अगाडि बढ्ने सहमति भएको छ ।
यादव पक्ष नयाँ सरकार गठनको पक्षमा भए पनि ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिक हुँदै वर्तमान सरकारमा सहभागी हुने मनस्थितिमा थियो ।
पछिल्लो दुई दिनयता नेताहरुबीच बारम्बार भएको भेटघाट तथा छलफलले अन्ततः उक्त पार्टीभित्र सहमति जुटेको हो । विवादका कारण बस्न नसकेको कार्यकारिणी बैठक पनि अब बस्ने भएको छ ।
अध्यक्षद्वय ठाकुर र यादवले संयुक्त वक्तव्य जारी गर्दै तत्काल सरकारमा नजाने प्रष्ट पारेका हुन् ।
















प्रतिक्रिया