७ कार्तिक २०८३, शनिबार

सगरमाथालगायत ६ वटा हिमालबाट २१ हजार १६७ किलो फोहोर सङ्कलन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । नेपाली सेनाले संयोजन गरेको सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत विभिन्न हिमालबाट २१ हजार १६७ किलो फोहोर सङ्कलन गरिएको छ ।

उक्त अभियान अन्तर्गत माउन्ट एभरेष्ट, ल्होत्से, मकालु, धवलागिरि, पुमोरी र आमादब्लामलगायत हिमालयहरूबाट उक्त परिणामको फाहोर सङ्कलन गरिएको हो ।

अप्रिल १३ बाट शुरू गरिएको उक्त अभियानले हालसम्म ६ वटा हिमालयहरूबाट २१ हजार १६७ किलोग्राम फोहोर संकलन गरेको जनाएको छ । जसमध्ये १ हजार ८६८ किलोको बायो–डग्रेडेबल फोहोर र १९ हजार २९९ किलोको नन–बायो डिग्रेडेबल फोेहोरहरू छन् ।

टोलीले सङकलन गरेको फोहोरहरूमा खारेज गरिएको अक्सिजन ट्याङक, परित्याग गरिएका टेन्टहरू, खाद्यान्न कन्टेनर, प्लास्टिक, ग्लास, आल्मुनियम, इलेक्ट्रोनिक फोहोरहरू छन् ।

त्यसबाहेक पहिला दुर्घटना भएको ९एन–एसीआर नम्बरको हेलिकोप्टर र दुई स्थानबाट पर्वतारोहण गियरसहित दुई मानव अवशेषहरू फेला पारेको छ । टोलीमा अनुभवी शेर्पाहरू समर्थकको रूपमा र नेपाली सेना गरी ११२ जना सदस्य छन् ।