
मकवानपुर, ४ जेठ । एक क्विन्टल अवैध लागूऔषध गाँजासहित मकवानपुरबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–१ स्थित सडकबाट ना. २ ख ९८६२ नम्बरको ट्रकमा लैजाँदै गरको सो परिमाणको अवैध लागूऔषध गाँजासहित ओसारपसारमा संलग्न तीन जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–५ का ४९ वर्षीय आईतेबहादुर ठाडामगर, मकवानपुर भिमफेदी गाउँपालिका–९ का ४१ वर्षीय ऐक्ला भन्ने राज कुमार तामाङ र कैलाश गाउँपालिका–१० बस्ने ३६ वर्षीय सविन भन्ने सुबिन रुम्बा छन् ।
नामटारबाट हेटौंडातर्फ जाँदै गरेको उक्त ट्रकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ट्रकको हुटमा फल्स बटम बनाई १७ वटा पोकामा लुकाई ल्याएको उक्त गाँजासहित फेला पारी ट्रक र चालक मगरलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।















प्रतिक्रिया