३ कार्तिक २०८३, मंगलबार

श्रीमतीसँग झगडा परेपछि आँपको रुखमा झुण्डिएर आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

suicideगौशाला, २२ चैत । महोत्तरीको गैँढाभेटपुर गाविसमा आज बिहान आँपको रुखमा झुन्डिएको अवस्थामा एक जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सो शव गैँढाभेटपुर गाविस–९ बस्ने ४५ वर्षीय सियाशरण मण्डलको हो ।

प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठका अनुसार मण्डलको शव निजको घरदेखि ५०० मिटर पूर्वमा आफ्नै आँपको बगैँचामा रुखको हाँगामा झुन्डिएको अवस्थामा फेला परेको हो ।

केहिदिनदेखि घरायसी समस्याले तनावमा रहँदै आएका मण्डल गएराति घरबाट गायब भएका थिए भने आज बिहान ८ बजे उनको शव बगैँचामा झुन्डिएको अवस्थामा फेला परेको परिवारजनले बताएका छन् ।

पारिवारिक स्रोतका अनुसार श्रीमतीसँग झगडा भएपछि उनले सहन नसकेर आत्महत्या गरेको बुझिएको छ ।

मृतक मण्डलको शव प्रहरीले परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएको छ भने घटनाबारे आवश्यक जाँचबुझ भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस