२८ आश्विन २०८३, बुधबार

फेसबुकमा अर्काकी श्रीमतीलाई ‘आइ लभ यू’ भनेपछि फन्दामा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

I-Love-youकाठमाडौं । सामाजिक सञ्जालमा अर्काकी स्वास्नीलाई अश्लील म्यासेज पठाउने एक युवक प्रहरीको फन्दामा परेका छन् ।

२६ वर्षीय विवाहित युवतीलाई ‘आइ लभ यू’, ‘म तिमीसँग विहे गर्न चाहनछु’, ‘म तिमी सँग रात विताउन चाहन्छु’ जस्ता अश्लील शब्द प्रयोग गरेपछि हैदरावादका मोहम्मद अब्दुल कासिफ प्रहरीको फन्दामा परेका हुन् ।

कासिफ ती विवाहित महिलालाई एक महिनादेखि यस्ता अश्लील म्यासेज पठाउँदै आएका थिए । विवाहित महिलाका श्रीमान विदेशमा छन् ।

कासिफले आफ्नो हद नाघेर रात विताउछु भनेपछि विवाहित महिलाले प्रहरीमा उजुरी हालेकी थिईन् ।

पक्राउ परेका कासिफले आफूले जानी जानी ती महिलालाई अश्लील म्यासेज पठाएर जिस्क्याएको बयान दिएका छन् । कासिफलाई साइबर क्राइम मुद्दामा कारवाही हुने प्रहरीले जनाएको छ । एजेन्सी