
काठमाडौँ, ३१ वैशाख । विश्वव्यापी महामारीको दोस्रो लहरको रुपमा फैलिरहेको नोबेल कोरोना भाईरस (कोभिड–१९) का कारण संक्रमितहरुको संख्यामा दिनानुदिन बृद्धि भईरहेको सर्वविदितै छ ।
यस असहज परिस्थितिमा नेपाल धितोपत्र बोर्डबाट वैशाख ३० गतेको पत्रबमोजिम सम्पूर्ण मर्चेण्ट बैंकरहरुले आफ्ना ग्रहकहरुलाई अनलाईन मार्फत धितोपत्र कारोवार गर्न अत्यावश्यक सेवा मात्र प्रदान गर्ने गरी कार्यालयबाट जनसम्पर्क हुने बाँकी सम्पुर्ण सेवाहरु हाललाई स्थगित गरिएको व्यहोरा अनुरोध गर्न चाहन्छौँ ।
नेपाल सरकारले अत्यावश्यक कार्य बाहेक अन्य प्रयोजनका लागि घरबाट बाहिर निस्कनबाट सर्वसाधारणलाई रोक लगाई निषेधाज्ञा लागु गरेको अवस्थामा मर्चेण्ट बैंकरहरुलाई समेत नेपाल धितोपत्र बोर्डबाट सिष्टम संचालनको लागि कार्यालयमा ३ जनाभन्दा बढी कर्मचारी नखटाउने गरि वर्क फ्रम होम मार्फत कार्य संचालन गर्नु पर्ने निर्देशन प्राप्त भएको हुँदा ग्राहक वर्ग तथा कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राखी तथा संक्रमणको जोखिम कम गर्न निषेधाज्ञाको अवधीभर अनलाईन सेवालाई प्राथमिकतामा राख्न सबै ग्राहकवर्गमा नेपाल मर्चेण्ट बैंकर एशोसियसन हार्दिक अनुरोध गर्दछ ।
शेयर खरिद बिक्री सम्बन्धी कार्यलाई अनलाईन मार्फत गर्नुहुन तथा शेयर बिक्री गर्दा इडिआईएस मात्र प्रयोग गर्न समेत अनुरोध गर्दछौं ।
अनलाइन कारोवारका क्रममा मेरो शेयर वाइडिआईयस सम्बन्धी केहि समस्याआई परेमाकम्पनीको फोन नंवर तथा वेभ साईटमा उल्लेख गरिएको इमेल र मोबाइलनंवरमा सम्पर्क गरी आफ्नो समस्या समाधान गर्नुहुन समेत अनुरोध गरेको छ ।















प्रतिक्रिया