८ कार्तिक २०८३, आइतबार

सिटिजन्स बैंकको सुचना अधिकारीमा राजेन्द्र लाल श्रेष्ठ र प्रवक्तामा नारायण राज अधिकारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलेसुचना अधिकारीमा राजेन्द्र लाल श्रेष्ठ र प्रवक्तामानारायण राज अधिकारीलाई नियुक्त गरेको छ ।

करिव २२ वर्ष देखि बैंकिंग क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आउनु भएका राजेन्द्र लाल श्रेष्ठले स्थापनाकाल देखि नै बैंकसँग आवद्ध भई विभिन्न ओहदामा रही कार्यसम्पादन गरेका छन् ।

भारतको पुणे स्थित सिम्बायोसिस इंस्टीट्यूट अफ बिजनेस मैनेजमेंटबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका श्रेष्ठसँग शाखा संचालन, ट्रेड प्रशासन, जोखिम व्यवस्थापन तथा कर्जा असुली जस्ता क्षेत्रमा अब्बल दक्ष्ता रहेको छ । हाल उनी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका साथसाथै कम्पनी सचिवको रुपमा समेत कार्यरत छन् ।

प्रवक्तामा नियुक्त हुनुभएका नारायण राज अधिकारीसँग करिव १७ वर्षको बैंकिङ अनुभव रहेको छ । त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका अधिकारी शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल छन् ।

अधिकारीले सामान्य सेवा विभाग, मानव संसाधन विभाग, कर्जा असुली विभाग, कर्जा प्रशासन र कर्पोरेट कम्युनिकेशन विभाग समेतको जिम्मेवारी वहन गर्दै आएका छन् ।

“भित्र सिस्टम र बाहिर इमेज”को नारालाई आत्मसाथ गर्दै कार्यपथमा लम्कि रहनुभएका बैंकका प्रमुख कार्यकारी अधिकृतगणेशराज पोखरेललेबैंकिङ क्षेत्रमा रहेको उनीहरुको लामो अनुभवले बैंकलाई नयाँ उचाइँमा लैजाने विश्वास व्यक्त गरेका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १६८ वटा शाखा, १११ वटा ए.टि.एम. र १०९ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १० लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।