वीरगञ्ज, २२ चैत । नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले रौतहटको गौरमा भएको हस्तक्षेपले मधेसमा अब विद्रोह सुरु हुने चेतावनी दिनुभएको छ ।
आइतबार पर्साको वीरगन्जमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष महतोले सरकारले रौतहटका गौरवासीमाथि हस्तक्षेप गरेर आगो सल्काउने काम गरेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो-‘गौरवासीका माग सम्वोधन नगरिए मधेसमा अब विद्रोहको विकल्प छैन् । गौर घटनाले सम्पूर्ण मधेसी समुदायलाई आक्रोशित बनाएको भन्दै नेता महतोले यसलाई छिटो सम्वोधन नगरे त्यसबाट अर्काे विद्रोहको सुरुवात हुने चेतावनी दिनुभयो ।
तत्काल गौरवासीको समस्या सम्वोधन नगरे त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको जवाफदेही सरकारले लिनुपर्ने उहाँको भनाई छ ।
आफ्नो पार्टीले गौरवासीको आन्दोलनलाई पूर्ण समर्थन गरेको र शान्तिपूर्ण आन्दोलनमा दमन गर्ने र कर्फ्यु लगाउने सरकारको कदम निन्दनीय र दुर्भाग्यपूर्ण रहेको भन्दै मधेसी समुदायको अधिकारलागि प्रतिकार गर्न कार्यक्रर्तालाई निर्देशन दिनुभयो ।
आन्दोलनमा घाइते गौरवासीको सम्पूर्ण उपचार खर्च र मृतकलाई सहिद घोषणा गर्नुपर्ने नेता महतोको माग छ । माग पूरा नभए छिट्टै अर्काे मधेस विद्रोहको सुरुवात गरिने उहाँको चेतावनी छ ।














प्रतिक्रिया