३० आश्विन २०८३, शुक्रबार

बैठक भत्ता खाने सचिव फसे, मन्त्रीलाई जोगाइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram-kumar-shrestha

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पर्यटन बोर्डको भ्रष्टाचार काण्डमा २३ जनाविरुद्ध मुद्दा दायर गरेपनि तत्कालिन पर्यटनमन्त्रीलाई भने जोगाएको छ ।

पर्यटन बोर्डको पदेन सदस्य रहँदा बैठकमा सहभागी भएकै आधारमा पर्यटन मन्त्रालयका तत्कालिन सचिवहरु शरदचन्द पौडेल तथा रञ्जनकृष्ण अर्यालविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । तर तत्कालिन पर्यटनमन्त्री रामकुमार श्रेष्ठलाई भने अख्तियारले अनुसन्धानमा तानेको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला माछा भन्दै पर्यटन मन्त्रालयका तत्कालिन सचिवहरुसहित २३ जना उच्च अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेपनि मन्त्रीलाई नै उन्मुक्ति दिनुले प्रश्न उब्जिएको छ ।