२९ आश्विन २०८३, बिहिबार

बलिउडका ३ खानसँग काम गर्न चाहन्छिन् सन्नी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunny-leoneकाठमाडौं । पूर्व पोर्नस्टार तथा बलिउडकी चर्चित अभिनेत्री सन्नी लियानीले आफू बलिउडका ३ खानसँग काम गर्न चाहेको खुलासा गरेकी छिन् ।

पछिल्लो समय निकै चर्चामा आएकी सन्नीले मुम्बईमा आयोजित एक समारोहमा उपस्थित हुँदै बलिउडका ३ खान शाहरुख, सलमान र आमिर खानसँग चलचित्र खेल्न चाहेको बताएकी हुन् ।

सन्नीले भनेकी छिन्, ‘अवसर पाए तीन खानसँग काम गर्न चाहन्छु, तर उहाँहरुको चाहना छैन भने मेरो के लाग्छ र ?’

आफू पोर्न स्टारको छवी मेटाउन दिनरात बलिउडमा मेहनत गर्दै आइराखेको सन्नीले बताईन् । तर, धेरै हिरोइन उनीसँग काम गर्न नरुचाउँदा उनलाई नराम्रो लाग्छ ।

उनले बलिउड आउनुअघि उनले कयौ ब्लु फिल्महरुमा काम गरीन । यसमा उनलाई खासै पश्चाताप छैन । बरु उनी पोर्नस्टारको छवि मेटाएर बलिउड हिरोइन बनेर चिनिन चाहन्छिन ।

उनले हालै भनेकि छिन, ‘हो म पोर्न स्टार हुँ तर अब बलिउड अभिनेत्री बन्न चाहन्छु ।’ उनले आफु अभिनेत्री बन्न हदैसम्मको संघर्ष गर्ने बताइन् ।

उनी पोर्नस्टार भएकै कारण कतिपय बलिउड हिरोहरु उनीसँग काम गर्न चाहदैनन । सन्नी फिल्म ‘जिस्म २’ बाट बलिउड डेब्यु हिरोइन हुन ।

त्यसयता उनले ‘ज्याकपट’, ‘रागिनी एमएमएस २’ लगायत फिल्ममा काम गरिसकेकी छिन ।

उनको पछिल्लो फिल्म ‘एक पहेली लिला’ आउदो शुक्रबारबाट रिलिज हुदैछ । एक पहेली लिलाले उनलाई अहिले निकै चर्चामा ल्याएको छ । एजेन्सी