२९ आश्विन २०८३, बिहिबार

जन्मथलोमा पाए संगीतकार पोखरेलले सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

arjun pokhrel– सन्दिप भट्ट
चितवन । नेपाली संगीतको पर्यावाचिक नाम हुन् संगीतकार अर्जुन पोखरेल । चितवनको रत्तनगर १५ मा जन्मिएका संगीतकार पोखरेल आफ्नो जन्मस्थानमा सम्मानित भएका छन् ।

कला सँस्कृतिको संरक्षणमा योगदान गरेको भन्दै साविकको पिठुवा ७ मा आयोजना गरीएको ‘विविध सास्कृतिक कार्यक्रम तथा खेलकुद प्रतियोगीता’ माउनलाई सम्मान गरिएको हो ।

३२ बर्षदेखी हरेक बर्ष रामनवमीको अवसरमा कार्यक्रम गर्दै आएको माधवपुर युवा समाजले संगीतकार पोखरेललाई सम्मान गरेको हो ।

विभिन्न चलचित्रको गीत संगीतमा ब्यस्त संगीतकार स्थानिय युवाहरुवाट सम्मानीत हुन पाउदा खुसी देखीन्थे ।

विभिन्न अवार्ड पाईसकेको संगीतकार पोखरेलले अन्य अवार्डहरु भन्दा आफु जन्मे हुर्केको ठाँउ र विगतमा आफुसमेत आबद्ध संस्थाबाट सम्मानित हुन पाउनु आफ्नो लागी गर्वको बिषय भएको उनले बताए ।

माधवपुरवाट नै आफ्नो संगीतकको कर्र्म सरु गरेका संगीतकार पोखरेल यतिवेला विभिन्न ८ वटा नयां फिल्ममा संगीत दिन ब्यस्त छन् ।

आयोजकले भने आफ्नै गाउँ ठाउँमा हुर्केर हाल राष्ट्रिय स्तरमा ख्याति कमाउन सफल भएकोमा पोखरेललाई सम्मान गरिएको जनाए ।

पोखरेलले आफ्नो कला क्षमताले गाउँकै नाम राखेको आयोजक माधवपुर युवा समाजको भनाई छ ।