
-सुदर्शन जोशी ‘तेजस्वी’
जन्म संयोग मात्र होइन
आवश्यकता थियो भनेर देखाइ देऊ !
लकडाउन समस्या मात्र होईन
होसियार एकान्तवास हो भनी जीउ !
जीवनको यात्रामा अघि बढिरहँदा दुःख र सुखका क्षणहरु आईरहे । कहिले द्वन्द, कहिले वाडिपहिरो, कहिले भुकम्प, कहिले पारिवारिक उतारचढाव, कहिले राजनितिक खिचातानि र कहिले रोग व्याधि (स्वाईन फ्लु, बर्ड फ्लु, एड्स यस्तै यस्तै) बनि ।
अहिले माहामारीको रुपमा कोरोना आई हामी सबैलाई अस्तव्यस्त बनाईरहेको छ । यस्ता समस्याहरु आउँदा होसियार, सजक, सचेत रहने उपायका खोजीहरु गर्ने र सबैको सहयोगी बनी जिउने नै उत्कृष्टता हो । किनकी हामी संसारिक जिवनमा जन्मेपछि रोग व्याधि, दुखकष्ट र वुढावुढि हुनु पर्ने नै रहेछ ।
यो शाश्वत नै रहेछ । जसरी डाँडाकाडाहरुलाई छिचोल्दै सुर्यको उदय हुन्छ । वादल, ग्रहण, पानी आदिले छेक्छ । फेरि कहिले घामपानि, कहिले मनिलो घाम, कहिलो चर्काे घाम भईरहन्छ । त्यस्तै हो मान्छेको जिवनपनि घुमिरहन्छ ।
यहि क्रममा जो वाह्य बस्तुस्थिति अनुसार आफुलाई सम्हालि आन्तरिक जिवनलाई सचेत राखि लड्यो उ रहन्छ । नत्र कालको दोष त पर्दैन तर कोरोना वा जे समस्या भनिएको छ त्यसैलाई दोषी ठानि अलविदा हुन्छ ।
यसो भन्दैमा हरेस चाहिँ खानु हुदैन । जे खाएपनि हरेस चै नखानु भन्नुहुन्छ वुढापाकाले ।
तरपनि प्रत्येक समस्याले हलचल उत्पन्न गर्दा सचेतना लाई वढाई बस्तुगत अबस्थालाई वुझि परिस्थितिबाट संयम रहन मनस्थितिलाई बलियो वनाउनु पर्ने नै रहेछ । यो बाहेक सचेत नागरिकको अर्काे विकल्प छैन । किनकि अहिले कोरोनाको समस्याले जिवनशैलिलाई सचेत वनाउने नै संदेस दिन्छ ।
ज्ञान, विज्ञान, अनुभव आदान प्रदान गरि आफैले अबलम्वन गरिरहदा यो कोरोना कहर वाट उत्पन्न लकडाउन, आईसोलेसन, हस्पिटलवासलाई एकान्तवासको रुपमा बदल्नका लागि केही व्यवहारिक शिक्षा जुन निशुल्क गर्न सकिन्छ । ९ सुत्रहरु यश प्रकार छन् ।
व्यर्थ छ बेकार छ तछाड मछाडको जिन्दगी जाँदा सबै रित्तै हात हुनुपर्छ ।
त्यसैले अनुहारमा हाँसो ! हृदयमा श्रद्धा ! शब्द वोल्दा माधुर्यता सबैलाई दिनुपर्छ !!
१) खेचरि मुद्राः– जिव्रोको टुप्पाले तालु तिर रहेको खालि भागलाई चलाई राख्दा त्यहावाट रस,थुक वा रयाल निस्कि तल पेट हुँदै शरीर सम्म पुगि जिवनि शक्ति वढाउछ ।
जसरि रुखको जराले माथि हागा विगा पातलाई शक्ति दिए त्यसरि मानिसको मस्तिष्क वा माथिल्लो भागमा रहेको शक्तिलाई तल शरिरभरि लगि सिन्चित गर्दा शक्ति आउछ ।
यसको साथ साथै सुर्य भेदि प्राणायम (नाकको दाईने प्वालवाट श्वास लिने फाल्ने विधि) जसले दाईने तिर रहेको ठुलो फोक्सोमा हावा भरि अक्सिजन वढाउने काम गर्दछ । त्यस्तै भ्रामरि, ट्राटक, ताडासन, तालि वजाउने थेरापि, विहानको घाममा वसि भिडामिन डि प्राप्त गर्ने गर्न सकिन्छ ।
२) शुक्ष्म साधनाः– शरिरका सबै शिर देखि पाउ सम्म जोर्नि परेका भागहरुलाई आनन्दले चलाऔँ । जस्ले हाम्रो शरिरमा रहेका सबै जोर्नि र सेललाई कृयाशिल बनाउँदछ ।
३) नाच्ने वा झाक्रि कामेझै काम्नेः– यसले सबै शरिरलाइ कृयाशिल वनाई सक्रिय वनाउदछ । ॐॐ भन्दै काम्दै उफ्रिदा अझै प्रभावकारि हुन्छ ।
४) हाँसौ र आनन्द लिऔः– हरेक दिन कम्तिमा १५ मिनेट मजाले खुलेर हाँसौं । यो तनाव कम गर्ने उत्तम उपाय हो। यो निशुल्क पाईन्छ । यसले जिवनि शक्ति वढाउदछ । भनिन्छ जो हाँस्छ उ खुशी भै बाँच्दछ ।
साथसाथै हामी चल अचल सम्पत्तिको धनि हौ वा गरिब केहि फरक पर्दैन । सुखी आनन्दित हुन जरुरी छ । किनकि आनन्दले जिवनि शक्ति वढाउन । त्यसको लागि सुखी हुन मन कम र शरिर बढी चलाउनु पर्छ ।
५) जिवनलाई बुझौ र अघि बढौः– हामी जति सकारात्मक, सृजनशिल हुन्छौ । त्यती नै हामिलाई उर्जा प्राप्त भई रहन्छ । जीवन के हो भनेर वुझ्नको लागि उदाहरणको रुपमा जब चेपागाडाले आफ्नो पुच्छरलाई पानिवाट वा आहालवाट जब छुटाएर जमिनमा आउन सक्छ तब मात्र उ जमिन र पानी दुबै ठाउँमा बाँच्न सक्ने भ्यागुतो बन्छ ।
हामी पटक पटक बाँच्नका लागि पुराना जकडिएका बानी, स्मृति र व्यवहार बाट छुट्नु पर्छ ! त्यसैको लागि यस्तो क्षणहरु आउछ भनेर बुझौ है ।
६) आफ्नो नेतृत्व आफै गरौः– हजुरको वा मेरो वा कसैको अहिलेको परिस्थितिलाई वुझ्नु पर्ने भनिएको मान्छेले नवुझेकोले मलाई यस्तो भयो भन्ने गुनासो आफ्नो मन भित्र छ भने त्यसलाई आजै जरैदेखि निकालि दिनुहोस् किनकि “संसारले नपत्याए केही हुँदैन तर हजुर वा म आफुले आफुलाई पत्याउन छोड्नुहुँदैन” प्रत्यकले आफ्नो समस्या समाधानका लागि आफैँले प्रयत्न गरौ ।
साथ सहयोग र समर्थनका लागि ४ डीलाई नियालेर हेरौँ १) डिजायर, २) डिसिजन, ३) डिसिप्लिन ४) डिटरमिनेशन र हामिले आफ्नै नेतृत्वको विकास गरौ । किनकि समस्याको उपाय खोज्न सक्नु नै नेतृत्वशैलि हो । गितले भन्छः– हजारौं कुरा छन्, अरुले नबुझ्ने … हजारौँ कुरा छन्, आफुले नबुझ्ने…
कहाँ जानुपर्ने म कहाँ गइरहेछु । त्यसैले भन्न सकिन्छ सहि लक्ष्यमा जान्नलाई आफ्ना हजारौं कुरा बुझ्न जरुरी छ !
७) आन्तरिक संसार वलियो वनाऔः– जन्मे देखि नमरे सम्म कै जिवन दुई किसीमको हुन्छ । एउटा आन्तरिक जिवन मनस्थितिसँग बढी सम्बन्धित हुन्छ । अर्को वाह्य जिवन यो परिस्थिति वा वस्तुस्थितिसँग सम्बन्धित हुन्छ ।
यतीवेला आन्तरिक जिवन मनस्थिति, सचेतना, होसियारिलाई मजवुत बनाऔं है । हासि हासि बाँच्नका लागि आत्मविश्वास जगाऔं । यो आत्मबल महत्वपुर्ण वल वा शक्ति हो ।
८) मौन, शान्त रहनुः– यहि मौका हो अरुको कुरा काट्ने, नराम्रो वोल्ने, गालि गर्ने वानि छोड्ने किनकि अबुद्धीले अरुको नकारात्मक कुरा छिटो पहिचान गर्दछ भने बुद्धीले आफ्नो नकारात्मक कुरा र समस्या तथा कमजोरी पहिचान गराउँदछ ।
अबको समयलाई मौनमा बसौँ । भनिन्छ (मौनातामा शक्ति हुन्छ ।“शान्त रहनु “आफ्नो भित्री जिवन खोज्ने र “म को हुँ “भनी चिन्ने उत्तम उपाय हो !) अरुको कुरा काट्दै समय बिताउनु भन्दा जति सकिन्छ आफ्नो कुरा काट्दै वा आफ्नै स्व अध्ययनमा समय बिताउनु राम्रो । किनकि त्यसले आत्मआलोचित हुने, सुध्रने मौका दिन्छ र सृजनशिल वनाउछ ।
९) सन्तुलनः– यो संसारमा आईसकेपछि जीवन जिउनको लागि सन्तुलनको आवस्यकता पर्दछ । नत्र डाईनोसर जसरि लोप भईन्छ । भनिन्छ, जीवन भनेकै सन्तुलन हो मिलाउन जाने आनन्द ! मिलाउन नजाने भताभुङ्ग ।
त्यसैले शाकाहारि खानपिन, पानिको मात्र पुर्याउने, उमारेका गेडागुडि खाने, अमला, कागति, करेला, गुर्जाे, चिरौतो, निम, तुलसि, पिपललाई उपयोग गरौँ । हावा प्रसस्त लिऔ । योग, ध्यान, प्राणायम जस्ता साधनाले जिवनलाई समय, परिस्थिति अनुकुल सन्तुलनमा राख्न मद्दत गर्दछ ।

जिन्दगी कसैको दबावमा होइन !
आफ्नो स्वभावमा जिउनु पर्छ ।
हृदयलाई सधैं सफा राखौं !
आनन्द र शान्ति आफै मिल्छ ।।
अन्त्यमा, हाम्रो भबिष्य, केही कुरामा निश्चित र केही अनिश्चित छ नै तर एउटा कुरा ढिलोचाँडो निश्चित छ । त्यो हो मृत्यु यो । त्यसैले बाँचुञ्जेल सबैसँग दुई वचन मिठो र सत्य बोलेर बाँचौ है।
यो वेला कोरोना कहरले उत्पन्न गरेको बस्तुस्थितिलाई वुझ्ने र आफुलाई सचेत राख्दै उत्प्रेरणा जगाई मनस्थितिलाई वलियो वनाई आफु वाच्ने र अरुलाई बचाउने वेला हो । विवेकी विकल्प को खोजि गरि सचेत नागरिक वनौ र वनाऔ ।
‘जीवनको दुःखबाट भाग्ने होईन पल पलमा जाग्ने !
जीवनलाई हौसला र उत्प्रेरणाले सिंचाई गर्न लाग्ने !’
लेखक कानुन व्यवसायी तथा सचेत क्रान्तिका सोचकर्ता हुन् ।













प्रतिक्रिया