काठमाडौँ, २२ चैत । मौसम पूर्वानुमान महाशाखाले आइतबार उपत्यकासहित पूर्वका केही भेगमा मेघ गर्जनसहित हल्का वर्षा हुने जनाएको छ ।
पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको सम्मिश्रणका कारण मौसम बदली भई उपत्यकासहित पूर्वका केही भेगमा मेघ गर्जनसहित हल्का वर्षा हुने महाशाखाको भनाइ छ । यसअघि शनिबार देशका विभिन्न भेगमा हावाहुरीसहित वर्षा भएको थियो ।
मौसमविद् शान्ति कँडेलका अनुसार, मनसुन अघिको गतिविधि बढिरहेका बेला पश्चिमी र स्थानीय वायुको सम्मिश्रण हुँदा मौसममा खराबी आएको हो । मौसमविद् कँडेलका अनुसार आइतबारबाट पश्चिमी भेगको मौसममा भने सुधार आउनेछ ।















प्रतिक्रिया