– विजय थापा
वाशिंगटन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको बाल्टिमोरमा अमेरिकामा नयाँ बर्ष धमाका लिएर आएका कलाकारहरुको स्वागतार्थ भेटघाट कार्यक्रम भब्यताको साथ सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रममा डिसी महानगर क्षेत्रका विभिन्न संघ तथा संस्थाका प्रतिनिधि, संचारकर्मी, समाजसेवी र विभिन्न पेसामा संलग्न भएका व्यक्तित्वहरुको उपस्थिति थियो ।
कार्यक्रममा उपस्थित समाजका बिभिन्न बिशिष्ट व्यक्तित्वहरुले कलाकारहरुलाई हौसला प्रदान गर्दै सहयोग गर्ने बचन दिएका थिए । कलाकारहरुले पनि हामी अमेरिकामा आएका छौ भन्दै नेपाली समुदायबाट पक्कै पनि असिम माया र सद्भाव पाउने आशाबादी लिएका छौ भन्दै सबैलाई धन्यबाद दिएका थिए ।
उक्त भेटघाट कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरु सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’, पशुपति शर्मा, प्रमोद खरेल, संगिता थापा तथा २०७२ नया बर्ष धमाका कार्यक्रमका संयोजक बुद्धि प्रसाद रेग्मीको उपस्थिति रहेको थियो ।





















प्रतिक्रिया