१३ कार्तिक २०८३, शुक्रबार

गौरमा अनिश्चितकालीन कर्फ्यु हट्यो, वार्ता सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gaur-tanab

रौतहट, २२ चैत । सदरमुकाम गौरमा लगाइएको अनिश्चितकालीन निषेधाज्ञा आज बिहान ४ बजेदेखि हटाइएको छ ।

गौरमा केही दिनदेखि उत्पन्न असहज परिस्थिति सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयले शनिबार दिउँसो २ बजेदेखि निषेधाज्ञा जारी गरेको थियो ।

यसैबीच आन्दोलनरत पक्षको माग सम्बोधन गर्न नेपाल रेडक्रस सोसाइटीको मध्यस्थतामा शनिबार साँझ बसेको वार्तामा कुनै सहमति हुन नसकेपछि आज बिहान ७ बजेदेखि पुनः वार्ता सुरु गरिएको हो ।

नापी र मालपोत कार्यालयको सेवा केन्द्र चन्द्रपुर नगरपालिकामा विस्तार गर्ने सरकारी निर्णयविरुद्ध केही दिनदेखि प्रदर्शन हुँदै आइरहेको छ । परिस्थिति असामान्य बन्दै गएपछि सरकारले सेवा केन्द्र विस्तार गर्ने निर्णय फिर्ता लिएको थियो ।

सरकारले सेवा केन्द्र विस्तार गर्ने निर्णय फिर्ता लिए पनि आन्दोलन नरोकिएपछि प्रजिअ मदन भुजेलले आन्दोलरत पक्षलाई वार्तामा आउन लिखित आह्वान गर्नुभएको थियो । रासस