सप्तरी, २२ चैत । टिकुलिया गाविस–९ स्थित पोखरीमा डुबेर
स्थानीयवासी दुखन सदाकी पाँच वर्षीया छोरी काजलको आज मृत्यु भएको छ ।
घर नजिकै रहेको पोखरीमा हजुरआमासँग घोंघी टिप्न जाँदा बालिका पोखरीमा डुबेको बताइएको छ ।
बालिकाको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस















प्रतिक्रिया