यूएई । दाङ देउखुरी समाज यूएईको चौथो मासिक बैठक सम्पन्न भएको छ ।
प्रवासी नेपालीहरुका समस्याको हल गर्न सुरक्षित प्रवास,समृद्द समाज निर्माण हाम्रो अभियान भन्ने मुख्य नाराका साथ शुक्रबार बरदुबई स्थित मेट्रो पार्कमा दाङ देउखुरी समाजको मासिक चौथो बैठक सम्पन्न भएको हो ।
समाजका अध्यक्ष शान्त गिरीले प्रवासमा रहेका नेपालीहरुको सुरक्षाका लागि कार्ययोजना बनाउन बैठक आयोजना गरिएको जानकारी दिनुभयो ।
अध्यक्ष गिरीले हामीले आउँदा दिनहरुमा यहाँका विभिन्न नेपाली क्रियाशिल संघ संस्थाको साथै यूएईमा कार्यरत सबै नेपालीहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने र सबै दाङ देउखुरीबासी हरुलाई समाजमा जोड्ने कुरामा जोड दिनुभयो ।
साथै आसन्न नेपाली समाज युएईको महाधिवेशन सम्पन्नको लागि महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने समेत बताउनुभयो । सो कार्यमा यहाँकासम्पूर्ण संघ संस्था र बुद्धिजिबी, पत्रकारहरुको सदा साथ र समर्थन पाउने विश्वास पनि ब्यक्त गर्नु भएको थियो ।
बैठकमा संस्थाका गतिविधि आर्थिक सामाजिक क्रिर्याकलाप संस्थाका जिम्मेवारी बाँडफाँड जस्ता महत्त्वपूर्ण विषयमा छलफल भएको थियो । कार्यक्रममा महासचिव दिनेश आचार्यले बिधान र उद्देश्यका अनुरुप नै अगाडि बढ्ने प्रतिबद्दता ब्यक्त गर्दै लगत्तै समाजले अब आउँदा दिनहरुमा महत्त्वपुर्ण कार्यहरु गर्ने भन्ने बारेमा पनि बिशेष छलफल भएको थियो ।
निरन्तर ४घन्टा लामो छलफलमा संस्थाका सदस्यहरुले आफ्नो जिल्लाको संस्कृति, रितिरिवाज र परम्पराहरु साथै नेपाली ऐतिहासिक धरोहरहरुको प्रचारप्रसार र यूएईमा रहेका सबै दाङ देउखुरीवासी हरुलाई एकजुट भइ तीब्र र प्रभावकारी रूपमा अगाडी बढाउन जस्तोसुकै सक्रियता जिम्मेवारी काम गर्न तयार भएको कुरा बताउदै संस्थाले जति सक्दो छिटो व्यापक स्तरका कार्यक्रम आयोजना गर्ने दाङ देउखुरी समाज यूएईका प्रबक्ता नारायण आचार्यले जानकारी दिनुभयो ।
















प्रतिक्रिया