काठमाडौँ । नेपाली सुगम संगीतकी लोकप्रिय गायिका रीमा गुरुङ होडाको स्वरमा रहेको कर्णप्रिय गजल ‘आयौ तिमी एकान्तमा, चलाएर गयौ’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
ऋषि बस्ताकोटीको रचना र गैरे सुरेशको संगीत रहेको यो गजलको म्युजिक भिडियोमा सुरेश थापाले निर्देशन गरेका छन् भने देवीराम, रक्षा र प्यास्नाले अभिनय गरेका छन् । ऋषि बस्ताकोटीको गजल स्पर्श एल्बममा समेटिएको यो गजलको अडियो भने केही महिना अघि क्यानडामा एक समारोहबीच सार्वजनिक गरिएको थियो । यस्तो छ भिडियो:
















प्रतिक्रिया