रौतहट, २१ चैत । सशस्त्र प्रहरी बलको गाडीले ठक्कर दिएपछि ज्यान गुमाएका एक स्थानीयका परिवारलाई क्षतिपूर्तिको माग गर्दै गाउँलेले प्रहरी कार्यालय घेराबन्दी गरेपछि गौरको अवस्था तनावग्रस्त भएको छ ।
सशस्त्र को गाडीको ठक्करबाट शुक्रबार राति गौर नगरपालिका १० का ५० वर्षीय रामआशिष ठाकुरको मृत्यु भएपछि रौतहट सदरमुकाम गौर तनावग्रस्त भएको हो । आन्दोलनकारी र प्रहरीबीच भएको दोहोरो झडपमा सात जना प्रहरी र चौध जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरको गोली चलाउँदा चौध जना आन्दोलनकारी घाइते भएका हुन् ।
आन्दोलनकारीले मृतकलाई सहिद घोषणा, क्षतिपूर्तिको माग, न्यायिक समिति गठन, मानव अधिकारको उल्लङ्घन गर्ने प्रहरीमाथि कारबाहीलगायत पाँचबुँदे माग प्रस्तुत गरेका छन् ।
स्थिति तनावपूर्ण बनेपछि प्रशासनले दिउँसो २ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको छ । तर अहिले पनि प्रहरी कार्यालय वरपरको स्थिति तनाबपूर्ण छ ।













प्रतिक्रिया