३ कार्तिक २०८३, मंगलबार

निफमा चलचित्र उद्योगमा रोजगारको अवसर तथा सामाजिक रुपान्तरणको विषयमा छलफल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करणको दोस्रो दिन आज शुक्रबार चलचित्र उद्योगले नेपालमा रोजगारको अवसर तथा सामाजिक रुपान्तरण विषयक अन्तरक्रिया गरेको छ ।

जुम अनलाइनमार्फत गरिएको सो कार्यक्रममा नेपाली चलचित्र क्षेत्र तथा यसमा श्रमको अवस्थाबारे चलचित्र जगतका हस्तीहरुसँग गहन छलफल गरिएको नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठान एवं निफका अध्यक्ष केपी पाठकले जानकारी दिए ।

कार्यक्रममा बरिष्ठ कलाकार हरिबंश आचार्यले चलचित्र क्षेत्रमा सरकारले बौद्धिक कपीराइटको संरक्षण गर्न पर्ने बताउँदै यस क्षेत्रमा काम गर्नेहरुको उचित बीमाको व्यवस्था गर्ने आग्रह गरे । चलचित्रमार्फत रोजगारी एवं सामाजिक रुपान्तरण गर्ने मौलिक कथाहरुको श्रृजना गर्न आवश्यक रहेको पनि उनले बताएका छन् ।

कार्यक्रममा बरिष्ठ कलाकार नीर शाहले नेपालको चलचित्र क्षेत्रमा रोजगारीको श्रृजना कसरी गर्ने, जनशक्तिको विकाश कसरी गर्नेलगायत विषयमा गहन अध्यनविना शुरु भएको उद्योगले थोरौ मात्रामा भए पनि चलचित्र जगतमा श्रमशक्ति स्थापित गर्न सफल भएको बताए । डिजिटल उपकरण, प्रविधि, दक्ष जनशक्ति पनि नेपाली चलचित्र उद्योगले विकाश गरेको र श्रमिकहरुको क्रमिक रुपमा विकाश भएको उनी बताउँछन् ।

यसैबीच चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्र कर्मीहरुलाई दक्ष बनाउन एवम् विश्वबजारमा प्रतिस्पर्धा गर्न सिनेमा शिक्षालाई व्यावसायिक बनाउन जरुरी रहेको बताए ।