३० आश्विन २०८३, शुक्रबार

घर छिर्न यस्ता छन् पारसलाई ज्ञानेन्द्रको शर्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gynendra-Parash-Shah

– कमलराज भट्ट

काठमाडौं। पारस नेपाल फर्किए पनि पूर्वराजा ज्ञानेन्द्र खुसी छैनन् । पारसले करोडौँ रुपैँया उडाएको र आफ्नो बेइज्जती गरेको भन्दै ज्ञानेन्द्र आक्रोशित छन् । उनले पारसलाई केही शर्त राखेको र शर्त स्वीकारेमात्र महाराजगन्जमा रहेको आफ्नो निजी घर ‘निर्मल निवास’मा छिर्न दिने सन्देश पठाएको बताइएको छ ।

पारस विमानस्थलबाट निस्किएर निर्मल निवास जान चाहन्थे । पारसलाई स्वागत गर्न विमानस्थल नगएकी हिमानी निर्मल निवासमा पतिलाई स्वागत गर्ने तयारीमा थिइन् तर ज्ञानेन्द्रकै कारण उनको चाहना पूरा हुन सकेन । पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी भने पारसलाई घरमै ल्याउने पक्षमा छन् ।