३ कार्तिक २०८३, मंगलबार

‘सामिप्यता’मा प्रविशा र सुभाषको स्वर

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका प्रविशा अधिकारी र गायक सुभाष पुरीको स्वर रहेको गीत ‘सामिप्यता’ सार्वजनिक भएको छ ।

टिआर गौडेल र दीपक आइडीको शब्द रहेको गीतमा दीपक आइडीकै संगीत रहेको छ ।

म्युजिक भिडियोमा प्रथम क्षेत्री र नेहा गुरुङको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रथम र नेहाले निकै आकर्षक रोमान्स गरेका छन् ।

फत्ता थापा निर्माता रहेको गीतको भिडियो प्रथमले नै निर्देशन गरेका हुन् । भिडियोमा उत्सव दाहालको छायाँकन, सिलन लम्सालको सम्पादन रहेको छ ।