८ कार्तिक २०८३, आइतबार

इसेवा र पेरू रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता, अष्ट्रेलियाबाट रेमिट्यान्स् पठाउन सकिने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । पछिला दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्स्फर र अष्ट्रेलियाको चर्चित रेमिट्यान्स कम्पनी पेरू रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

सम्झौतासँगै अष्ट्रेलियामा रहेका नेपालीहरूलाई रेमिट्यान्स् भुक्तानी गर्न अझ सहज भएको छ ।

नेपालीहरूले आफ्नो कम्युटर तथा मोबाईलबाटै कम लागतमा आफ्नो बैंक एकाउण्टमा तथा इसेवा वालेमा रियल टाइममा रेमिट्यान्स् पठाउन सकिनेछ । साथै पेरू रेमिट मार्फत पठाएको रकम इसेवा मनि ट्रान्सफरको देशभर रहेका ८००० भन्दा बढी एजेन्ट सञ्जाल बाट पनि भुक्तानी लिन सकिनेछ ।

सम्झौतापछि इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले भने, ‘पेरू रेमिटसँगको सहकार्यले गर्दा हामीलाई अष्ट्रेलियामा रहनुभएको नेपाली दाजुभाइलाई नेपालमा पैसा पठाउने भर पर्दो माध्यम बनेको छ । यो सम्झौताले अन्तराष्ट्रिय विपे्रषणलाई डिजिटलिकरण गर्ने तथा गुणस्तरिय सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धतामा थप टेवा पु¥याउने छ ।’

पेरू रेमिटका प्रबन्ध निर्देशक ईश्वर दाहालले भने, ‘अष्ट्रेलिया बसी हमी नेपालीले नेपालमा आफ्ना आफन्तलाई पैसा पठाउँदा व्यहोर्नुपर्ने झञ्झट र पुग्छ की पुग्दैन भन्ने डरलाई प्रविधिको प्रयोगबाट सुरक्षित सरल र बैधानिक माध्यमको रूपमा नेपाल पैसा पठाउन नेपालकै एक अग्रणी फिनटेक इसेवासँग सहकार्य गरि पेरू रेमिट अष्ट्रेलियाको रेमिट्यान्स् सेवा लिएर तपाईँहरूको सेवामा आएका छौँ ।’

पेरू रेमिट अष्ट्रेलियामा आधारित रेहर रेमिट्यान्स् कारोबार गर्ने कम्पनी हो । जहाँबाट अष्ट्रेलियामा रहेका नेपालीहरूले सहज, सुरक्षित र कम लागतमा रेमिट्यान्स् पठाउन सकिन्छ । पेरू रेमिटले डिजिटल माध्यमबाट छिटो, सस्तो र सुरक्षित तवरले रेमिट्यान्स् पठाउन सकिने सेवा दिँदै आएको छ ।