६ कार्तिक २०८३, शुक्रबार

केपी ओलीपछि माधव नेपाल पुगे देउवालाई भेट्न बुढानीलकण्ठ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । नेकपा एमालेका वरिष्ठ नेता (निलम्बित) माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाइृ भेट्न देउवा निवास बुढानीलकण्ठ पुगेका छन् ।

यसअघि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार देउवासँग भेट गरेका थिए । ओलीले भेटेको भोलिपल्ट आज नेता नेपाल पनि बुढानीलकण्ठ पुगेका हुन् ।

प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते विश्वासको मत लिने भएपछि नेताहरुले देउवासँगको भेटलाई निकै बाक्लो बनाएका छन् । प्रमुख प्रतिपक्षी दल समेत रहेको कांग्रेससँग विश्वासको मत माग्नेदेखि भावी राजनीतिक सहकार्यका लागि नेताहरुले आग्रह गरिरहेका छन् ।

यद्यपि, नेपाली कांग्रेसले ओलीलाई विश्वासको मत नदिने बताइसकेको छ । तर, त्यसपछि हुने राजनीतिक सहकार्यका लागि नेताहरुले देउवासँगको भेटलाई बाक्लो बनाइरहेका छन् ।